वैशाख १८ काठमाडौं ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भ्रमण गर्ने पर्यटकको संख्या बढेको छ। चालु आर्थिक वर्ष छ महिनाको अवधिमा दुई हजार ३८८ पर्यटकले भ्रमण गरेका निकुञ्जले जनाएको छ।
निकुञ्ज भ्रमण गर्ने आन्तरिक पर्यटकको सङ्ख्या २ हजार १८१ रहेको छ। निकुञ्जको अनुसार सार्क मुलुकका २७ महिला र ६३ पुरुष गरी ९० जनाले भ्रमण गरेको बताएको छ।
निकुञ्जमा ४८ महिला ६९ पुरुष गरी ११७ विदेशी पर्यटकले भ्रमण गरेको छ। सबैभन्दा बढी चैतमा ५२० पर्यटकले निकुञ्जको भ्रमण गरेको छन्।
आर्थिक वर्ष २०८०, ८१ मा निकुञ्जमा चार हजार ५७४ पर्यटक निकुञ्ज भ्रमण गरेका छन्। एक हजार ७७० महिला र दुई हजार ८०४ पुरुष पर्यटक रहेको छ। आन्तरिक पर्यटक चार हजार २९४, सार्क मुलुकका पर्यटक १३७ र विदेशी पर्यटक १४३ ले निकुञ्जमा भ्रमण गरेका थिए।
वि.सं. २०३१ मा स्थापना भएको निकुञ्ज ३०५ वर्ग किलोमिटरमा फैलिएको थोरै क्षेत्रफलमा बाघको बाक्लो घनत्व भएको क्षेत्रका रूपमा निकुञ्ज परिचित छ।
दुर्लभ वन्यजन्तु, पक्षी तथा वनस्पतिका लागि प्रसिद्ध सो निकुञ्जमा विश्वको सबैभन्दा ठुलो संख्यामा बाह्रसिङ्गा, जङ्गली हात्ती, पाटे बाघ, एक सिङ्गे गैँडा, चितुवा, घोडगधा, बाह्रसिङ्गा, कृष्णसार, बदेँल, जरायो, चित्तल, लगुना लगायतका ५३ बढी स्तनधारी वन्यजन्तु पाइने गरेको छ।