इसराइलले रोक्यो गजामा मानवीय सहायता

फागुन १९ काठमाडौं ।
इसराइलले गजामा मानवीय सहायता रोकेको छ। युद्धिवराम लम्ब्याउने प्रस्तावमा हमास सहमत नभएपछि इसराइलले गजामा मानवीय सहायता रोकेको हो।

इसराइली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूको कार्यालयले पनि युद्धविराम लम्ब्याउन नमानेका कारण त्यहाँ मानवीय सहायताहरू पु¥याउन रोक लगाइएको जनाएको छ।

दोस्रो चरणको युद्धविराममा गजामा दिगो शान्ति घोषणा गर्ने र हमासले बाँकी भएका बन्धकहरू रिहा गर्ने सम्झौता थियो। दोस्रो चरणको युद्धविरामपछि इसराइली सैनिक गजा क्षेत्रबाट फर्कने भनिएको छ।

गजामा दोस्रो चरणको युद्धविराम घोषणा हुने परिस्थिति नबनेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ विट्कफले इसराइललाई पहिलो चरणकै युद्धविराम लम्ब्याउने प्रस्ताव गरेको थियो।

विटकफको प्रस्तावलाई स्वीकार गर्दै इसराइल गजामा थप ७ हप्ता युद्धविराम लम्ब्याउन र बन्धक रिहाइलाई निरन्तरता दिन तयार भएका थिए।

बेलायती पत्रिका द गार्डियनका अनुसार ’पहिलो चरणको युद्धविराम लम्ब्याउने विट्कफको प्रस्ताव इसराइलले स्वीकार गरेपनि हमास तयार नभए पछि प्रधानमन्त्री नेतन्याहूले आज बिहानदेखि गजामा मानवीय सहायताका सबै सामग्रीहरू लैजान रोक लगाउने निर्णय गरेको जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *