आज सेयर बजार नेप्से ७.२६ अंकले घट्यो

फागुन १ काठमाडौं ।
आज सेयर बजार ७.२६ अंकले घटेको छ। साताको अन्तिम कारोबार दिन सेयर बजारको परिसूचक नेप्से ७.२६ अंकले घटेको हो।

गिरावट पछि नेप्से २६७८ मा कायम भएको छ। बजार घट्दा आज कारोबार रकम पनि घटेर ७ अर्ब ९२ करोडको कारोबार भयो।

७६ कम्पनीको मूल्य बढ्दा १६२ को घट्यो भने ६ को स्थिर रह्यो। फाइनान्स सेक्टर सबैभन्दा धेरै १.८८ प्रतिशत, लगानी ०.५२ र माइक्रोफाइनान्स ०.१७ प्रतिशत बढ्याो।

बैंकिङ ०.२३, विकास बैंक ०.९५, होटल तथा पर्यटन ०.५८, हाइड्रोपावर ०.९०, जीवन बीमा ०.१४, उत्पादन ०.४७, निर्जीवन बीमा ०.८७, अन्य ०.१० र व्यापार समूह ०.०१ प्रतिशत घट्यो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *