फागुन १ काठमाडौं ।
काठमाडौंमा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि नेपाली टोली घोषणा भएको छ।
आगामी सातादेखि काठमाडौंमा सुरू हुने चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको लागि नेपाली टोली घोषण भएको हो।
आज प्रशिक्षक राजेन्द्र तामाङले २३ सदस्यीय नेपालको लागि अन्तिम टोली घोषणा गरेका हुन्। एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा रहेको टोलीमा दुई नयाँ खेलाडी थपिएका छन्।
टोलीमा कप्तान एन्जिलासँगै अन्जना राना मगर र उषा नाथ गोलरक्षकका रूपमा छन्। त्यस्तै डिफेन्डरहरूमा अमृता जैसी, गिता राना, बिमला बिक, पुजा राना, निशा थोकर, समिक्षा घिमिरे, बिमला चौधरी र मनमाया दमाइ छन्।
मिडिफिल्डरमा अनिता बस्नेत, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सबिता रानामगर, रेनुका हमाल र सुष्मा तामाङ छन्। फरवार्डमा साबित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी छन्।
दोस्रो चरणको छनोटमा परेका ३० खेलाडीबाट ७ जना बाहिरिएका हुन्।