हमासले छाड्यो ३ इजरायली बन्धक

माघ २६ काठमाडौं ।
हमासले युद्धविराम सम्झौता अनुसार आज ३ इजरायली बन्धकलाई रिहा गरेको छ।

समाचार संस्था एपीको अनुसार हमासले तीनै बन्धकहरूलाई रेडक्रसको जिम्मा लगाएको हो। रेडक्रसले उनीहरूलाई गाजाबाट इजरायल लैजाने भएको छ।

रिहाइपछि उनिहरुको तस्बिरहरू सार्वजनिक गरिएको छन्, जसमा उनीहरू अस्वस्थ र निकै दुब्लाएको देखिएको छ।
छोडिएको बन्धकहरू इजरायल पुगेपछि इजरायलले १८३ प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने छ।

१९ जनवरीमा कतारमा भएको युद्धविराम सम्झौता अन्तर्गत यो पाँचौं अदला–बदली हो। सम्झौता लागु भएयता हालसम्म १६ इजरायली र ५ थाई बन्धकहरूलाई रिहा गरिएको छ।

७ अक्टोबर २०२३ मा हमासका हजारौं लडाकुहरूले इजरायलमा आक्रमण गर्दा १२०० जना मारिएका थिए। सो आक्रमणमा २५० भन्दा बढी व्यक्तिहरूलाई बन्धक बनाइएको थियो।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *