इजरायली प्रधानमन्त्री बेन्जामिन र अमेरिकी राष्ट्रपति ट्रम्प बिच ह्वाइट हाउसमा भेटवार्ता

माघ २३ काठमाडौं ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिच ह्वाइट हाउसमा भेटवार्ता भएको छ।
प्रधानमन्त्री नेतन्याहू डोनाल्ड ट्रम्पको दोस्रो कार्याकालमा पहिलो अमेरिका भ्रमण गर्ने विदेशी नेता बनेर पुगेका हुन्।

बीबीसीको अनुसिार नेतन्याहू र ट्रम्पबीच ह्वाइट हाउसमा महत्पूर्ण भेटवार्ता भएको जनाएको छ। गाजा युद्धविरामको महत्वपूर्ण मोडबीच नेतन्याहूको अमेरिका यात्रालाई अर्थपूर्ण रुपमा हेरिएको छ।

ट्रम्पको पहिलो कार्यकालमा नेतन्याहू निकट सहयोगी थिए। जतिबेला अमेरिकी राष्ट्रपतिले आफ्नो दूतावासलाई जेरुशलेममा स्थानान्तरण गरेका थिए।

इजरायल र हमास विद्रोहीबीचको १५ महिना लामो युद्ध रोक्न हाल सुरुवाती ६ हप्ताको सम्झौता जारी छ। ट्रम्पले प्यालेस्टाइनीहरुलाई गाजाबाहिर फेरि पनि बसाउन सकिने सुझाव दिएको बताइएको छ।

मध्यपूर्वका देशहरुले भने यो प्रस्तावलाई अस्वीकार गरेको बताएका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *