बेलायतका राजकुमार एडवार्ड दम्पती भोलि नेपाल आउने

माघ  २१ काठमाडौं ।
भोली बेलायतका राजकुमार एडवार्ड दम्पती नेपाल आउने भएका छन्।

सुरक्षा स्रोतको अनुसार एडवार्ड श्रीमती सोफियासहित भोली दिउँसो नेपाल भ्रमणमा आउन लागेको बताएका छन्।
सुरक्षा स्रोतको अनुसार उनीहरू दुवैजना छुट्टाछुटै विमानमार्फत नेपाल भ्रमणमा आउन लागेका हुन्।

गृह मन्त्रालयको अनुसार नेपाल भ्रमणमा आउन लागेका बेलायती राजकुमार र उनको टीमले माइती नेपाल, कीर्तिपुरको आँखा अस्पताल, भक्तपुरमा रहेको एसओएस बालग्राम जाने कार्यक्रम तय भएको जनाएको छ।

राजकुमार सहितको टोली घुम्नका लागि पोखरासम्म जाने कार्यक्रम तय भएको बताएको छ। राजकुमार एडवार्डको टीमलाई सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरीको पीएसओ परिचलन गर्न प्रहरी प्रधान कार्यालयलाई गृह मन्त्रालयले निर्देशन दिएको छ।

राजकुमार एडवार्डको टीम माघ २७ गते शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको सुरक्षा स्रोतले बताएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *