पाकिस्तानको पृथकतावादी आक्रमणमा ३ जना गम्भीर घाइते

माघ १९ काठमाडौं ।
पाकिस्तानको पृथकतावादी आक्रमणमा परि ३ जना गम्भीर घाइते भएका छन्। पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा भएको आक्रमणमा ३ जना गम्भीर घाइते र १८ अर्धसैनिकको मृत्यु भएको हो।

अफगानिस्तान र इरानसँग सीमा जोडिएको बलुचिस्तानमा सुरक्षा बलहरूले दशकौंदेखि सांप्रदायिक, जातीय र पृथकतावादी हिंसासँग लडिरहेका छन्।

एएफपीको अनुसार मङ्गोचर सहर नजिकै अर्धसैनिक बोकेको एउटा गाडीमा सशस्त्र आक्रमणकारीहरूले गोली चलाएको एक प्रहरी अधिकारीले बताएका छन्।

सो आक्रमणको बलोच पृथकतावादी समूहले जिम्मेवारी लिएको छ। अफगानिस्तान र इरानसँग सीमा जोडिएको गरिब तर खनिज पदार्थले भरिपूर्ण बलुचिस्तानमा सुरक्षा फौजले दशकौँदेखि साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लड्दै आएको छ।

उक्त प्रान्तमा हालैका महिनाहरूमा सुरक्षा बलविरुद्ध आक्रमणहरू बढेका छन्। गत जनवरीमा पृथकतावादी बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) ले गरेको बम विस्फोटमा परी ६ सुरक्षाकर्मीको मृत्यु भएको थियो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *