माघ १४ काठमाडौँ ।
सरकारले पर्वतारोहीहरुका लागि कल्याणकारी कोषको स्थापना गर्ने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्वतारोहीका लागि कल्याणकारी कोष स्थापना गर्ने उद्घोष गरेका हुन्।
गोरखाको चुमनुब्री गाउँपालिकाद्धारा आयोजि सम्मान कार्यक्रममा सबैभन्दा छोटो समय १४ घण्टा ३१ मिनेट मा सर्वोच्च शिखर सगरमाथा आरोहण गरी कीर्तिमान कायम गर्न पर्वतारोहि फन्जो जाङमो लामासहितलाई सम्मान गरिएको हो।
कीर्तिमानी लामाका साथ मिङमार छिरिङ लामा, छिरिङ लामा, नाङ्सेल छोइडोन लामा, नानु माया गुरुङ, डिकी ल्हामु लामा र युक्ता गुरुङलाई पनि मन्त्री पाण्डेले सम्मान गरेका थिए।
आरोहीलाई सम्मान गर्दै मन्त्री पाण्डेले पर्वतारोहीको सामाजिक सुरक्षा र आरोहणमा प्रोत्साहनका लागि कल्याणकारी कोष स्थापना गरिने बताएका छन्।
Post Views: 84