बाँकेमा चरा गणनाको क्रममा भेटिए बीस प्रजातिका चरा

माघ १० काठमाडौं ।
बाँकेमा चरा गणनाको क्रममा बीस प्रजातिको चरा भेटिएको छ। बाँकेमा केही दिन अघि जलचर चराको गणना तथा सर्वेक्षणमा बीस प्रजातिका चरा भेटिएको हो।

जिल्लाको राप्ती नदीको कुसुमदेखि सिक्टा क्षेत्र र विभिन्न ताल एवं नदीमा ती प्रजातिका चरा भेटिएका हो। बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दीप पँगेनीले दुई दिनको अवधिमा चराविज्ञ कसहितको टोलीले गरेको सर्वेक्षणमा ती चरा भेटिएको जानकारी दिएका छन्।

चराका त्यस्ता प्रजातिमा चखेवा लगायत साइबेरियन र रसिया बाट नेपाल फर्केका चरा भएको चराविज्ञ राम शाहीले बताएका छन्। “ताल, तलैयामा भएको फोहोरले चराको बासस्थानलाई साँघुरो बनाइदिएको बताएका छन्।”

त्यस बाहेक तालतलैयाका क्षेत्रमा वनभोजस्थल हुँदा ध्वनि प्रदूषणले पनि चराको बासस्थान सङ्कटमा परेको उनको भनाइ छ। खडखडे, सिलसिले हाँस लगायत जलचर चरा सर्वेक्षणका क्रममा बीस चरा भेटिएको छ।

बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका समुदायले गरेको चरा सर्वेक्षण तथा गणनाबाट बाँकेमा दुई सय ७६ चरा भेटिएको जनाएको छ।

उनले राप्ती नदीको आसपास क्षेत्र, स्थानीय वन, कान्ति ताल र सुतैया तालमा विभिन्न प्रजातिका चरा भेटिएका र उनीहरुको बासस्थान सुरक्षित रहेको पाइएको बताएका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *