माघ ८ काठमाडौं ।
जलवायु सम्झौता बाट अमेरिका बाहिरिएको छ। अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ ग्रहण गरे सँगै यस्तो र्निणय गरेका हुन्।
ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट अलग भएको घोषणा गरेका हुन्। यस सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्दै भने ट्रम्पले ‘यो एक ठूलो फैसला गरेको उल्लेख गरेका छन्।’
मंगलबार ह्वाइटहाउसमा कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि ट्रम्पले संयुक्त राष्ट्रसंघले डब्ल्यूएचओमार्फत् अमेरिकालाई पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाएका थिए।
ट्रम्पले विश्व स्वास्थ्य संगठन कोरोना लगायतका महामारीमा असफल भएको भन्दै आलोचना गर्दै आएका थिए। जलवायु परिवर्तनको असरका कारण नवीकरणीय ऊर्जाको आवश्यकतामा बहस भइरहेका बेला ट्रम्पले भने जीवाष्म इन्धनको प्रयोगमा जोड दिँदै आएका छन्।
Post Views: 89