माघ ७ काठमाडौं ।
सोनाम ल्होसारको अवसरमा बृहत सांस्कृतिक कार्यक्रम रामेछाप जिल्लाको सुनापति गाउँपालिका वडा नं. १ , गुन्सिमा यहिँ माघ २० मूल समारोह समिति गुन्सीले आयोजना गर्ने भएको छ l
मञ्जुश्री संवत् अर्थात बौद्ध धर्मावलम्बीको ल्होसार शब्दको अर्थ नयाँ वर्ष वा नयाँ युगको सुरुवात र सोनाम ल्होसार भनेको तामाङ नयाँ वर्ष हो । तामाङहरू नेपालका आदिवासी हुन्। उनीहरूको आफ्नै संस्कृति, भाषा, भेष–भुषा र रहन सहनहरू छन् । जसले तिनीहरूलाई अन्य जातीय समूहहरूबाट अलग गर्दछ।
ईतिहास अनुसार तामाङ भनेको घोडा व्यापारी हो । नेपालमा मुख्य तामाङ समुदायको बसोबास बिशेष गरि काठमाडौं उपत्यका वरपरको मध्य पहाडी भूभागमा रहेको छ । तामाङहरूले आफ्ना वर्षहरूलाई १२ चक्रहरूमा विभाजन गर्छन्, प्रत्येकलाई चन्द्र नयाँ वर्षको रूपमा एउटै क्रम पछ्याउँदै, राशि चक्र जनावरले प्रतिनिधित्व गर्दछ।
नेपालमा पात्रो नभएको बेला मानिसको उमेर गणना गर्न १२ वटा घुम्ती प्रणाली प्रयोग गरिन्थ्यो । तामाङ समुदायहरूले नयाँ वर्षको पर्व ठूलो हर्षोल्लास र धार्मिक उत्सवका साथ मनाउँछन् l ठाउँ ठाउँमा पाँचदेखि पन्ध्र दिनसम्म चल्ने पर्वमा ल्होसार पर्वलाई गुम्बाहरूमा पूजा गरेर चिन्ह् लगाउने, आफन्तहरु जमघट हुने र परिवारका बूढापाका बाट आशीर्वाद लिने गर्दछन् ।
ढुल ल्हो अर्थात सर्प वर्ष परेको यस वर्षको सोनाम ल्होसारको बृहत सांस्कृतिक कार्यक्रममा पालिका प्रमुख ठुलो कान्छा तामाङ प्रमुख अतिथि हुने र निमन्त्रणा गरिसकेको कार्यकम संयोजक सुजन घिसिंग बताएका छन् l
शहर मुखी हुदै गएको परिवेशमा स्थानीय पर्यटन प्रवर्धन, भाषा, भेष–भुषा, स्थानीय परिकार, सस्कार र संस्कृतिको संरक्षण गर्न बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको र थप कार्यक्रम बारे पत्रकार सम्मेलन हुने मूल समारोह समितिका सह संयोजक भुवन तितुंगले डाईनामिक खबरलाई बताएका छन् l
तस्बिर स्रोत: सुनापति गाउँपालिका सचिवालय