माघ ६ काठमाडौं ।
सातको पहिलो दिन कारोबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से १२.५८ अंकले बढेर २६०१.२१ विन्दुमा बन्द भएको छ।
आज ६ अर्ब २५ करोडको सेयर कारोबार भएको छ। ३२५ वटा धितोपत्रको १ करोड २९ लाख ८२ हजार ६१९ कित्ता सेयर किनबेच भएको छ।
१७१ कम्पनीको सेयर मूल्य बढ्यो, ६८ वटाको घटेको छ। आज बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर कम्पनीको प्रतिकित्ता मूल्य १८ हजार २९ रूपैया, विन नेपाल लघुवित्तको मूल्य ९.०९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य तीन हजार तीन सय रूपैयाँ पुगेको छ।
सुपर मादी हाइड्रोपावरको मूल्य सबैभन्दा बढी १० प्रतिशतले घटेको छ। एनआइसी एसिया सेलेक्ट फण्ड ३० को मूल्य ६.९३ प्रतिशतले घटेर प्रति इकाइ मूल्य नौ रूपैयाँ २७ पैसामा झरेको छ।
कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक घटेको छ भने बाँकी १० समूहको बढेको छ।
आज एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार कम्पनीको प्रतिकित्ता मूल्य एक हजार १३९ रूपैयाँ ९० पैसामा २६ करोड ८५ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सुपर मादी हाइड्रोपावर उक्त कम्पनीको प्रतिकित्ता एक हजार ४७६ रूपैयाँमा २४ करोड ४५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।