आजदेखि आईसीसी यू–१९ महिला टी–२० विश्वकप

माघ ५ काठमाडौं ।
आज देखि मलेसियामा आईसीसी यू–१९ महिला टी–२० विश्वकप २०२५ को दोस्रो संस्करण सुरू हुँदै छ।

यस विश्वकपमा पहिलोपटक सहभागी हुन लागेको नेपालको महिला टोलीले आज बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरूवात गर्ने छ।

प्रतियोगिताको पहिलो दिन ६ खेल हुँदैछ । नेपाल र बंगलादेशबीचको खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा आज दिउँसो नेपाली समय अनुसार १२ः१५ देखि खेल सुरू हुनेछ।

नेपालको कप्तानमा पुजा महतो तथा बंगलादेशको कप्तानमा सुमैया अक्तर छन्। शनिबार बाङ्गीको मौसमी अवस्था भने राम्रो देखिएको छैन।

मौसम पुर्वानुमान अनुसार बाङ्गीमा दिनभरजसो बादल लाग्ने अर्थात् ओभरकास्ट कन्डिशन हुने देखिएको बताएका छन्। आजका खेलहरूको समय तालिका.

इंग्ल्याण्ड यू–१९ महिला भर्सेस् आयरल्याण्ड यू–१९ महिला  विहान ८ः१५
अस्ट्रेलिया यू–१९ महिला भर्सेस् स्कटल्याण्ड यू–१९ महिला  विहान ८ः१५
सामोआ यू–१९ महिला भर्सेस् नाइजेरिया यू–१९ महिला विहान ८ः१५
बंगलादेश यू–१९ महिला भर्सेस् नेपाल यू–१९ महिला दिउँसो १२ः१५
पाकिस्तान यू–१९ महिला भर्सेस् अमेरिका यू–१९ महिला  दिउँसो १२ः१५
दक्षिण अफ्रिका यू–१९ महिला भर्सेस् न्युजिल्याण्ड यू–१९ महिला दिउँसो १२ः१५

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *