पुस २६ काठमाडौं ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले भेटवार्ता गर्न चाहेको बताएका छन्।
फ्लोरिडाको पाम बिचस्थित मार–ए–लागो रिसोर्टमा रिपब्लिकन गभर्नरहरूसँगको भेटका क्रममा डोनाल्ड ट्रम्पले पुटिन पनि भेट्न चाहनुहुन्छ। हामी यसका लागि बन्दोबस्त गरिरहेको छौं ट्रम्पले बताएका छन्।
सन् २०२२ को फेब्रुअरीदेखि रुसी आक्रमणको चपेटामा परेको युक्रेनमा शान्ति स्थापना गर्ने आफ्नो अभियानका क्रममा प्रतिबद्धता जनाएपछि उनले पदभार ग्रहण गर्नुभन्दा अघि यस्तो अभिव्यक्ति दिएका हुन्।
ट्रम्पले युद्धविराम वा शान्ति सम्झौताका लागि कुनै ठोस प्रस्ताव सार्वजनिक गरेका छैनन्, तर संयुक्त राज्य अमेरिकाले किएभलाई पठाएको ठुलो परिमाणको सैन्य सहायताको बारम्बार आलोचना गर्दै आएका छन्।
Post Views: 202