विश्वकप खेल्ने नेपाली यू–१९ महिला क्रिकेट टिमको बिदाई

पुस २६ काठमाडौं ।
विश्वकप खेल्ने नेपाली यू–१९ महिला क्रिकेट टिमको बिदाई गरेको छ।

नेपाल क्रिकेट संघ क्यानले आज शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाई गरेको हो।

मलेसियामा हुन लागेको आईसीसी यू–१९ महिला टी२० विश्वकप खेल्न नेपाली टोली शनिबार दिउँसो मलेसिया प्रस्थान गर्दै छ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायत क्यानका सदस्य तथा महिला सिनियर टिमकी कप्तान इन्दु बर्माले शुभकामना सहित टोलीको बिदाई गरेका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *