पुस ४ काठमाडौँ ।
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप नेपाल आईपुगेको छ।
‘एचपिभी’ खोप ग्लोबल एलायन्स (गाभी)को सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ल्याएको हो। पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप स्वास्थ्य मन्त्रालयले ल्याएको छ।
सरकारले किशोरीहरुलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन आगामी माघ २३ गतेबाट खोप अभियान सञ्चालन गर्न थालेको छ।
पन्ध्रदिने अभियान अन्र्तगत कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीहरुलाई खोप लगाइने बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिएका छन्।
स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीले चार लाख ६० हजार नौ सय ४० मात्रा खोप आएको र ती खोपलाई टेकुस्थित भण्डारण कक्षमा राखिएको त्यसलाई विस्तारै प्रदेशमा पठाइने जानकारी दिएका छन्।
नेपालमा महिलामा लाग्ने क्यान्सरमध्ये सबभन्दा बढी पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर रहेको छ।