देशभर आज मौसम सफा रहने

मंसिर ३० काठमाडौं ।
देशभर आज मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार आज दिउँसो र राति मुख्यतया मौसम सफा रहने छ। तराईका केही स्थानमा हुस्सु लागेको छ।

सोबार बिहान तराई तथा उपत्यका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक असर पर्नसक्ने हुनाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैमा अनुरोध गरेको छ।

मौसम विज्ञान विभागको अनुसार काठमाडौं उपत्यकामा शनिबार बिहानको तुलनामा आज चिसो केही घटेको छ।
हिजो काठमाडौंको तापक्रम दुई डिग्री सेल्सियस मापन गरिएकामा आज बिहान चार दशमलव पाँच डिग्री पुगेको छ।

आज उपत्यकाको अधिकतम तापक्रम १६देखि १८ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *