मंसिर १९ काठमाडौं।
यस वर्षको स्वरसम्राट नारायणगोपाल स्मृति पुरस्कार बाट कुमार बस्नेत, बुलु मुकारुङ र शिवशंकर तीन जना स्रष्टालाई प्रदान गरिएको छ।
नारायणगोपाल संगीत कोषले बुधबार गायक कुमार बस्नेत, संगीतकार बुलु मुकारुङ र कवि तथा गीत रचनाकार शिवशंकर थापालाई नारायण गोपाल स्मृति सम्मान २०८१’ प्रदान गरिएको हो।
स्वरसम्राटको ३४औं स्मृति दिवसको अवसरमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित समारोहमा उनीहरूलाई जनही नगद ५१ हजार रुपैयाँसहित ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको हो।
नेपाली संगीतमा महत्वपूर्ण योगदान पु¥याउने कलाकारलाई वर्षेनी सम्मान प्रदान गरिन्छ।
Post Views: 26