मंसिर १५ काठमाडौं ।
पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको छ।
आज राति १२ बजेबाट लागू हुनेगरी प्रतिलिटर एक रुपैयाँले पेट्रोलको मूल्य बढेको हो।
नेपाल आयल निगमको विज्ञप्तिमार्फत हवाई इन्धनको मूल्य पनि बढेर आएको जानकारी गराएको छ। आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर १५ डलरले मूल्यवृद्धि भएको निगमले जनाएको छ।
खाना पकाउने ग्यासको भने मूल्य यथावत् रहेको निगमतले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। उपभोक्ताको हितलाई मध्यनजर गर्दै ग्यासको मूल्य बढेर आएपनि अहिलेलाई यथावत् राखिएको निगमले बताएको छ।
यो सँगै पहिलो वर्गमा पेट्रोलको मूल्य १ सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १ सय ५९ र तेस्रो वर्गमा १६० कायम भएको छ।