मंसिर १२ काठमाडौं ।
इजरायल र लेबनानबीच युद्धविराम सहमति भएको छ।
इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा आक्रमण सुरु गरेपछि दुई देशबीच युद्ध चलिरहेको थियो। इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेसँगै युद्धविराम तत्कालै कार्यान्वयनमा आउने विश्वास छ।
सहमति अनुसार इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता हुने र हिजबुल्लाले पनि लितानी नदीको दक्षिणी सीमाबाट आफ्ना सशस्त्र समूहलाई फिर्ता गर्ने छ।
इजरायल र लेबनानबीच भएको युद्धविराम सहमतिको संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दवै पक्षलाई युद्धविरामको सहमतिलाई कडाइका साथ कार्यान्व्यन गर्न आह्वान गरेका छन्।