मंसिर १० काठमाडौं ।
ब्लाइण्ड क्रिकेट टी२० विश्वकपमा नेपालले जित हासिल गरेको छ।
सोमबार पाकिस्तानमा भएको ब्लाइण्ड क्रिकेट विश्वकपमा नेपालले पहिलो जित हासिल गरेको हो। आफ्नो तेस्रो खेलमा नेपालले अफगानिस्तानलाई १०८ रनले हराएको हो।
नेपालका सुनिल मगरले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिए। त्यस्तै भरत थापा, सुनिल क्षेत्री र अमिश गुरागाईंले एक–एक विकेट लिए।
नेपालले दिएको २२९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरमा ९ विकेट गुमाएर १२० रन मात्र बनायो। अबसिन सेलाबले सर्वाधिक ५३ रन बनाए।
त्यस अघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा २ विकेट गुमाएर २२८ रन बनयो। नेपाल पहिलो खेलमा श्रीलंका तथा दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो।
नेपालले भोलि दक्षिण अफ्रिकासँग खेल्न बाँकी छ। उक्त खेल जिते नेपाली टोलीले सेमिफाइनलमा स्थान बनाउने छ।