मंसिर १० काठमाडौं ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ।
बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणका विषयमा छलफल हुने बताइएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारम बैठक चलिरहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली यही मंसिर १७ गतेदेखि चीन भ्रमणमा जाने तयारीमा छन्। त्यसैको तयारीस्वरुप मन्त्रिपरिषद्को बैठक बसेको सचिवालयले जनाएको हो।
मन्त्रीले आज पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, मन्त्रीहरु लगायतसँग छलफल समेत गरेका छन्।