मङ्सिर ६ काठमाडौँ ।
आज पनि सुन, चाँदीको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको हो।
योसँगै सुन प्रतितोला १ लाख ६४ हजार रुपैयाँ पुगेको हो । अघिल्लो दिन यस्तो मूल्य १ लाख ६३ हजार रुपैयाँ रहेको थियो।
चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपैयाँ कायम भए सँगै आज चाँदीको भाउ भने स्थिर रहेको महासंघले जनाएको छ।