मंसिर ४ काठमाडौं ।
सेयर बजारको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
विभिन्न १६ कम्पनीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेका कम्पनीमा अधिकांश हाइड्रोपावर सेक्टरका छन्।
हाइड्रोपावर सेक्टरका ९ कम्पनीको मूल्यले नयाँ रेकर्ड बनाएका हो।
त्यस्तै २ विकास बैंक कम्पनी कर्पोरेट डेभलपमेन्ट बैंक र ग्रीन डेभलपमेन्ट बैंकको मूल्य पनि हालसम्मकै उच्च भएको छ।
नेपाल स्टक एक्स्चेन्जको तथ्यांक अनुसार मेन्छियाम हाइड्रोपावर, बरुण हाइड्रोपावर, रिभर फल्स पावर, मनकामना इन्जिनियरिङ हाइड्रोपावर, ङादी ग्रुप पावर, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, सयपत्री हाइड्रोपावर, अपरहेवाखोला हाइड्रोपावर र बाराही हाइड्रोपावरको मूल्य नयाँ उचाइमा पुगेको हो।
फाइनान्स सेक्टरको जानाकीको मूल्य हालसम्मकै उच्च र ४ लघुवित्त कम्पनी धौलागिरि लघुवित्त, माहुली सामुदायिक लघुवित्त, स्वाभिमान लघुवित्त, मानुषी लघुवित्तको मूल्य हालसम्मकै उच्च भएको छ।