श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा पशुपतिनाथमा

मङ्सिर ३ काठमाडौँ ।
श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा पशुपतिनाथ मन्दिरमा लागेको छ।

चन्द्रविनायकलाई पशुपतिनाथको छोरा हो भन्ने धार्मिक मान्यता अनुसार थलाई मूल मन्दिर क्षेत्रमा घुमाइएको छ।

यसै मान्यताका आधारमा चन्द्रविनायक जात्रालाई पशुपतिनाथ मन्दिर घुमाउने परम्परा बसेको र चन्द्रविनायकलाई पशुपतिनाथको दर्शन गराएपछि पशुपतिबाट चुच्चेपाटीसम्मका मूल चोकमा घुमाइएको जात्रा समन्वय समिति जानकारी दिएको छ।

मार्गशीर्ष कृष्ण प्रतिपदामा दुवै रथलाई मन्दिर वरपर घुमाइ गङ्गाहिटीमा लगेर स्नान गराइएको थियो। जात्रा करिब ३५० वर्ष पुरानो भएको विश्वास गरिन्छ।

नेपाल सम्बत् ८०१ मा राजा भूपालेन्द्र मल्लले यो जात्राको सुरुवात् गराएको स्थानीयको भनाइ छ। श्री चन्द्रविनायक तथा भैरवनाथको रथयात्रा कार्तिक शुक्ल पूर्णिमा देखि सुरु भएको हो।

कार्तिक शुक्ल पूर्णिमाका दिन सुरु भएको जात्रा श्री चन्द्रविनायक र भैरवनाथलाई अबिर चढाएपछि मार्ग शीर्ष कृष्ण तृतीयाका दिन सकिने परम्परा छ।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *