अमेरिकाले दियो युक्रेनलाई मिसाइल प्रयोगको अनुमति

मंसिर ३ काठमाडौं ।
अमेरिकाले पहिलोपटक युक्रेनलाई लामो दुरीको मिसाइल प्रयोग गरि रुसलाई आक्रमण गर्न अनुमति दिएको छ।

आर्मी टेक्टिकल मिसाइल सिस्टम (एटीएसीएमएस) अमेरिकी रक्षा कम्पनीद्वारा निर्मित एक सुपरसोनिक ब्यालिस्टिक मिसाइल प्रणाली हो।

बीबीसीको अमेरिकी सहयोगी संस्था सीबीएसका अनुसार अमेरिकी राष्ट्रपति बाइडेन प्रशासनले युक्रेनलाई रुसभित्र सीमित आक्रमणका लागि अमेरिकी सेनाको सामरिक मिसाइल प्रणाली प्रयोग गर्न सक्ने बताएको हो।

युक्रेनले एक वर्षभन्दा बढी समयदेखि युक्रेनभित्र रुसी कब्जामा रहेका क्षेत्रहरूमा आर्मी टेक्निकल मिसाइल प्रणाली एटीएसीएमएस प्रयोग गर्दै आएको छ। युक्रेनले क्रिमियन प्रायद्वीपमा हवाइ अड्डालाई र जापोरिझियामा रूसी सैन्य आधारहरूमाथि आक्रमण गर्न एटीएसीएमएस प्रयोग गर्दै आएको छ।

रसिया–युक्रेन युद्धले भयानक रुप लिने डरले त्यस्ता आक्रमणहरूलाई अनुमति दिन अस्वीकार गरिँदै आएको भएपनि नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सत्ता हस्तान्तरण गर्नुभन्दा करिब २ महिनाअघि जो बाइडेनले यस्तो निर्णय लिएका छन्।

कुर्स्क सीमा क्षेत्रमा रुसलाई मद्दत गर्न उत्तर कोरियाली सेनाको तैनाथीले अमेरिका यो निर्णयमा पुगेको विभिन्न सञ्चारमाध्यमहरुमा उल्लेख गरिएको छ।

कुर्स्क युक्रेन र रुसको सिमानामा पर्छ र यहाँ युक्रेनले अगस्टदेखि करिब एक हजार वर्ग किलोमिटर क्षेत्र ओगट्दै आएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *