विभिन्न चार देशका लागि नियुक्त भए राजदूत

मंसिर २ काठमाडौं ।
विभिन्न चार देशका लागि नियुक्त भएका राजदूतहरुले आज शपथ लिएका छन्।

सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदन पछि उनीहरुलाई राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेका थिए।

 

कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल, इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, पाकिस्तानका लागि नेपाली राजदूत रीता धिताल र चीनका लागि नेपाली राजदूत प्रा.डा. कृष्णप्रसाद ओली नियुक्त भएका छन्।

नियुक्त भएका राजदूतहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *