माझिटारमा शीतभण्डार निर्माण

कात्तिक ३० काठमाडौं ।
माझिटारमा ६ हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण भएको छ।

नुवाकोट जिल्लाको विदुर नगरपालिका–५ माझिटारमा निर्माण थालिएको आठ वर्ष पछि ६ हजार मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण भएको हो।

हाल जिल्लामा सञ्चालित पाँच हजार मेट्रिकटन क्षमताका दुईवटा शीतभण्डार रहेकामा अहिले निर्माण भएको जिल्लाकै ठूलो रहेको हिमालय शीतभण्डार प्रालिका सञ्चालक माधव गजुरेलले बताएका छन्। शीतभण्डार तयार भएसगैँ तरकारी र फलफूल राख्न सुरु भएको छ।

निर्माण गरिएको शीतभण्डार अमेरिकन प्रविधिमा आधारित छ भने किसानले राख्ने सामग्रीमा बिमाको व्यवस्था गरिएकाले भण्डार गरिएका वस्तु सतप्रतिशत सुरक्षित रहने प्रालिले जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *