कात्तिक ३० काठमाडौं ।
श्रीलंकाको संस वामपन्थी गठबन्धन नेशनल पीपुल्स पावर (एनपीपी)ले दीय निर्वाचनमा राष्ट्रपति अनुराकुमारा दिसानायके नेतृत्व विजय भएको छ।
वामपन्थी गठबन्धन नेशनल पीपुल्स पावर (एनपीपी)ले कुल १९६ मध्ये १५९ सिट सहित दुई तिहाई बहुमत हासिल गरेको हो।
अब समानुपातिकतर्फको सिट संख्या जोड्दा एनपीपीको १६० सिट पुग्ने प्रारम्भिक अनुमान छ जुन दुई तिहाइभन्दा बढी हुनेछ।
यस अघि २२ सेप्टेम्बरमा वामपन्थी नेता दिसानायके श्रीलंकाका राष्ट्रपति चुनिएका थिए। उनले भ्रष्टाचारविरुद्ध लड्ने र श्रीलंकाले व्यहोरिरहेको आर्थिक संकटबाट बाहिर निकाल्नका लागि बहुमत आवश्यक भएको भन्दै संसदको मध्यावधि निर्वाचनमा होमिएको थियो।
निवर्तमान विधानसभामा जम्मा ३ सिट जितेको एनपीपीले दुई तिहाई सिट जितेर ऐतिहासिक नतिजा निकालेको छ।