बंगलादेशमा भोलि देखि ४० मेगावाट विद्युत् निर्यात हुँने

कात्तिक २९काठमाडौँ ।

बंगलादेशमा भोलि देखि ४० मेगावाट विद्युत् निर्यात हुँने भएको छ।

भोलि (नोभेम्बर १५) मा नेपाल बाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात हुने भएको हो। भोलि संयुक्त तीन देशका ऊर्जामन्त्रीले भर्चुअल रुपमा उद्घाटन गर्नेछन्।

नेपाल, भारत र बंगलादेशबिच भएको त्रिदेशीय सम्झौता अनुसार जुन १५ देखि नोभेम्बर १५ सम्म नेपाल बाट बंगलादेशमा विद्युत् निर्यात हुने भएको छ।

भोलि राति १२ बजेसम्म नेपाल बाट बंगलादेशमा ४० मेगावाट विद्युत् नेपाल–बंगलादेशबिच विद्युत् व्यापारको औपचारिक सुरुवात हुनेछ।

भोलि निर्यात भएपछि यो वर्ष (सन् २०२४) मा थप विद्युत् निर्यात हुने छैन । त्यसपछि २०२५ को जुन १५ देखि फेरि निर्यात सुरु हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले यसलाई नेपालको विद्युत् व्यापारको लागि कोशेढुङ्गा सावित हुने बताएका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *