कात्तिक २७ काठमाडौं ।
बंगलादेशको पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध विशेष अदालतले रेड नोटिस जारी गर्ने इन्टरपोलमा पत्राचार गरेको छ।
सरकारी वकिल बिएम सुल्तान महमुदले प्रहरी प्रमुखमार्फत इन्टरपोलमा पत्राचार गरेको एसोसिएटेड प्रेस समाचारमा उल्लेख छ।
आरक्षणसम्बन्धी प्रदर्शनका क्रममा प्रदर्शनकारीको हत्या गरेको कसुरमा रेड नोटिस जारी गर्न इन्टरपोलमा पत्राचार गरेको जनाएको छ। हसिनाले पदबाट राजीनामा दिएर भारत पुगेकी थिइन्।
त्यसपछि अगष्ट ८ मा नोबल पुरस्कार बिजेतासमेत रहेका मुहम्मद युनुसलाई अन्तरिम सरकार प्रमुख बनाएको थियो। १५ वर्षसम्म सत्तामा रहेकी हसिनाविरूद्ध मानवताविरूद्धको अपराध कसुरमा पुर्जी जारी भएको थियो।
प्रदर्शनको क्रममा मानवता उल्लंघन र राजनीतिक प्रतिस्पर्धीहरुको गैरन्यायिक हत्या गरेको समेत आरोप छ।