राउटे समुदायको अस्तित्व संकटमा

कात्तिक २७ काठमाडौं ।
राउटे समुदायको अस्तित्व संकटमा पर्दै गएको छ।

कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायको अस्तित्व सङ्कटमा पर्न सक्ने भन्दै राउटे समुदायका अगुवाहरुले चिन्ता व्यक्त गर्न थालेका छन्।

राष्ट्रिय मानवअधिकार आयोगले गरेको अध्ययन २०८१ को प्रतिवेदन अनुसार राउटे समुदायको संख्या लगातार घट्दो क्रममा रहेको देखाउँछ।

घुमन्ते–फिरन्ते जिवन यापन गर्ने राउटे समुदायमा यो बर्ष मात्रै दुईजनाको मृत्यु भएसँगै यो समुदायको संख्या एक सय ३५ मा सीमित हुन पुगेको छ।

’हाम्रा बाजेहरुको पालामा हामी ६,७ सयको संख्यामा थियौँ,’ मुखिया शाहीले भने, ’हामी मान्छे त गन्दैनौँ, तर आफ्नो समुदायको संख्या लगातार घट्दै गएकोमा राउटे मुखिया सूर्यनारायण शाही चिन्तित छन्।

राउटे समुदायको जनसंख्या लगातार घट्नुका विभिन्न कारणहरु रहेको विज्ञहरु बताउँछन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *