पाँच लघुवित्त कम्पनीमा सकारात्मक सर्किट, ८५ अंकले बढ्यो नेप्से

कात्तिक २६ काठमाडौं ।
साताको दोस्रो कारोबार आज पाँच लघुवित्त कम्पनीमा सकारात्मक सर्किट र ८५ अंक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।

आज २२.१४ अंक यो दुई दिनमा नेप्से ८४.६८ अंकले बढेको छ। यस दिन नेप्से २७६०.२१ विन्दुमा बन्द भएको छ। आज ३०२ वटा धितोपत्रको दुई करोड ४५ लाख ५७ हजार १५३ कित्ता सेयर किनबेच भएको हो।

सोमबार १४३ कम्पनीको सेयर मूल्य बढेको छ भने ९२ वटाको घटेको छ। यस्तै ९ कम्पनीको मूल्य स्थिर रहेको छ।

आज ११ अर्ब ३१ करोड रूपैयाँको सेयर कारोबार भएको छ। यो रकम त्यसयताकै उच्च र्अथात आजको कारोबार रकम गत दुई महिनायताकै उच्च हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ९९४ रूपैयाँमा २६ करोड १५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक घटेको छ भने बाँकी आठ वटाको बढेको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *