जनकपुरधाममा विवाह पञ्चमीको तयारी

कात्तिक २४ काठमाडौं ।
रामजानकी विवाह पञ्चमी महोत्सवमा यसपटक पाँच सयभन्दा बढीको सङ्ख्यामा अयोध्याबाट जन्ती आउने भएका छन्।

सो जन्तीको स्वागत लगायतको तयारी पनि जनकपुरधाममा सुरु भइसकेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले विवाह पञ्चमी महोत्सव तयारी गरिएको जानकारी दिए।

हरेक पाँच वर्षमा सीताराम विवाह महोत्सवको अवसरमा अयोध्याबाट जन्ती आउने गरेको छ। विवाह पञ्चमी महोत्सवमा जन्ती आउन अयोध्याका सन्तमहन्तलाई आमन्त्रण गर्न आगामी मङ्सिर १ गते जानकी मन्दिरबाट तिलक लगिने भएको छ।

मिथिलामा जन्ती आउनुभन्दा अगावै बेहुलालाई तिलक चढाउने चलन छ। मंसिर २१ गते सीताराम विवाह महोत्सवको मूल समारोह हुनेछ। त्यसमा अयोध्याबाट आउने जन्तीको सहभागिता रहनेछ।

अयोध्याबाट प्रस्थान गर्ने जन्तीको मार्ग, समय र रात्रि विश्रामस्थल निर्धारण गरिएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *