कात्तिक २३ काठमाडौं ।
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च भएको छ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३५ रुपैयाँ ३० पैसा तोकेको छ भने खरिददर मूल्य १३४ रुपैयाँ ७० पैसा छ।
अघिल्लो दिनको तुलनामा डलर १४ पैसा महँगिए सँगै डलरको भाउ नयाँ उचाइमा पुगेको हो।
राष्ट्र बैंकले शुक्रबारका लागि साउदी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ २ पैसा तथा खरिददर मूल्य ३५ रुपैयाँ ८६ पैसा छ। त्यस्तै कतारी रियालको बिक्रीदर मूल्य ३७ रुपैयाँ १२ पैसा तथा खरिदर मूल्य ३६ रुपैयाँ ९६ पैसा तोकेको छ।
त्यस्तै अस्ट्रेलियन डलरको बिक्रीदर मूल्य ८९ रुपैयाँ ७२ पैसा तथा खरिददर मूल्य ८९ रुपैयाँ ३३ पैसा छ।
एक मलेसियन रिंगिटको खरिददर मूल्य ३० रुपैयाँ ५९ पैसा रहँदा बिक्रीदर मूल्य ३० रुपैयाँ ७३ पैसा छ। यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ८४ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ ६७ पैसा छ।
दिन प्रतिदिन डलर महँगिदा अन्य मुलुकसँग नेपालको व्यापार घाटा ठूलो रहेकाले डलरको मूल्य बढ्दा नेपाललाई नोक्सानी बढी हुने गरेको छ।