तिहारको तेस्रो दिन आज कुकुर र लक्ष्मीपूजा एकै दिन

कात्तिक १५ काठमाडौं ।
नेपालीको दोस्रो ठूलो चाड तिहारको आज तेस्रो दिन कुकुर र लक्ष्मी पूजा गरिँदै छ।

कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको हो। त्यसैले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको अनुसार बिहान कुकुर पूजा र बेलुका लक्ष्मी पूजा गर्नुपर्ने जनाएको छ।

वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास अनुसार कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ।

आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी विशेष घरका झ्याल, ढोका, चोटा, कोठा, संघार र भ¥याङ लगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ।

लक्ष्मीपूजा गरिने कात्तिक कृष्ण औंसीको रातलाई सुखरात्रि पनि भनिन्छ। वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *