कात्तिक १४ काठमाडौं ।
साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेल हेर्न दर्शकहरुले दशरथ रंगशाला भरिभराउ भएको छ।
बुधबारको फाईनल खेल हेर्न दर्शकहरु दुई घण्टा अघिदेखि रंगशाला पुगेका थिए । साढे ६ बजे सुरु हुने खेलमा ११ हजार दर्शकले टिकट काटेका छन्।
दर्शकले प्याराफिट भरिइसकेको छ । दर्शक बाहेक अतिथि, पूर्वखेलाडी, खेल पदाधिकारी लगायत पनि जाने भएता पनि रंगशालामा टिकट काटेभन्दा धेरै बढी दर्शकहरु पुगेका छन्।
धेरै दर्शक राष्ट्रिय झण्डासहित नेपाली टिमलाई समर्थन गर्न पुगेका छन्।
Post Views: 27