कात्तिक ९ काठमाडौं ।
निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ।
मंसिर १६ गते ३९ स्थानीय तहमा विभिन्न पदमा उपनिर्वाचन हुँदैछ। त्यसको लागि उम्मेदवारले खर्च गर्न पाउने हद निर्धारण गरेको निर्वाचन आयोगले जनाएको छ।
महानगरपालिका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले ७ लाख ५० हजारसम्म खर्च गर्न पाउनेछन्।
उपमहानगर प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले ५ लाख ५० हजार रुपैयाँ, नगर प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले चार लाख ५० हजार र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवारले तीन लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउनेछन्।
त्यस्तै जिल्ला समन्वय समिति प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउनेछन्।
महानगरका वडाध्यक्ष उम्मेदवारले तीन लाख, उपमहानगर वडाध्यक्ष पदका दुई लाख ५० हजार, नगरपालिका वडाध्यक्षले दुई लाख र गाउँपालिकाका वडाध्यक्ष पदका उम्मेदवारले एक लाख ५० रुपैयाँसम्म खर्च गर्न सक्ने व्यवस्था गरेको निर्वाचन आयोगले जनाएको छ
-विज्ञप्ति-२०८१-०७-०९-1729850818।