कात्तिक ९ काठमाडौं ।
बंगालको खाडीमा विकसित दाना चक्रवात भारतको ओडिशामा बज्रिएको छ।
‘दाना’ नाम दिइएको शक्तिशाली चक्रवात गएराति भारतको ओडिशा राज्यको जमिनमा बज्रिएको छ। यसको असरले ओडिशा र पश्चिम बंगालमा मेघगर्जन र चट्याङसहित भारीदेखि अति भारी वर्षा गराउने भन्दै पूर्वसतर्कता अपनाइएको बताएका छन्।
प्रभावित क्षेत्रबाट हजारौं मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ भने उद्धार टोलीलाई उच्च सतर्कताका साथ राखिएको र हवाई, रेल सेवा स्थगित गरिएको छ भने सबै शिक्षण संस्थाहरु बन्द गरिएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको अनुसार चक्रवातको असरले कोशी प्रदेशको तराईदेखि पहाडसम्मै हल्का वर्षाको सम्भावना छ। तर अन्य स्थानमा खासै वर्षाको सम्भावना छैन।
‘दाना चक्रवातले उछुट्याएको बादलले गर्दा कोशी प्रदेशमा सामान्य प्रभाव देखिन्छ। मधेश र बागमती प्रदेशमा हल्का बादल लागे पनि कोशी प्रदेशमा जस्तो वर्षा नहुँने मौसम विभागले जनाएको छ।