कात्तिक ७ काठमाडौं ।
बंगलादेशको राष्ट्रपति मोहम्मद शहाबुद्दिनको राजीनामा माग गर्दै प्रदर्शन सुरु भएको छ।
बंगलादेशको ढाकामा विद्यार्थी आन्दोलनका बीच देश छाडेर हिँडेकी पूर्वप्रधानमन्त्री शेख हसिनाको राजीनामा सम्बन्धी ‘कागजी प्रमाण नरहेको’ भन्दै दैनिक पत्रिका डेली स्टारका अनुसार, बंगलादेशको मानव जमिन पत्रिकाका लागि अन्तर्वार्ता दिने क्रममा उनले हसिनाबारे यस्तो अभिव्यक्ति दिएपछि उनीविरुद्ध प्रदर्शन सुरु भएको हो।
ढाकाका अखबारहरुका अनुसार, मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले राष्ट्रपति निवास वरिपरि कडा सुरक्षा व्यवस्था लागू गरेको छ। मंगलबारदेखि राष्ट्रपति निवास वरिपरि ब्यारिकेडहरु राखिएका छन् भने पानीको फोहोरासहित झडप नियन्त्रणमा लिन एपीसीहरु पनि निकालिएका छन्।
विद्यार्थी आन्दोलनले हिंसात्मक रुप लिँदा कम्तीमा ४०० जनाको मृत्यु भएको थियो। यो मामिलामा अहिले बंगलादेश छाडेकी पूर्वप्रधानमन्त्री हसिनासहित उनको पार्टी आम अवामी लिगका नेताहरुविरुद्ध विभिन्न अदालतमा मुद्दा चलिरहेको छ।