स्थानीय सरकारको अनुभूति दिलाउदै सुनापति गाउँपालिका

६ कार्तिक काठमाडौं l
सुनापति गाउँपालिकाको कार्तिक ०५ गते बसेको गाउँकार्यपालीका बैठकले विपतप्रभावितलाई राहत प्याकेजको निर्णय गरेको छ l
अविरल वर्षाको कारण घरबार बिहिन भएका, पशु चौपायामा क्षति भएका, बाढी पहिरोको कारण खेतवारी/अन्नवाली समेत नष्ट भएको, दैनिक जीवनयापनमा कठिनाई भएका विपत् पीडितहरुको वडा समितिवाट पहिचान गरी कार्यपालीकामा बिवरण पेश गरेका थिए l
उक्त विषयलाई निर्णयार्थ गर्दै सुनापति विपद व्यवस्थापन कोप सञ्चालन तथा व्यवस्थापन कार्यावधि, २०७८ अनुसार राहत प्रदान गर्ने, अस्थायी आवास निर्माणको लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पेश गर्ने र तत्कालै सुनापति गाउँपालिकावाट तपशिल बमोजिम जिन्सी तथा नगद राहत प्रदान गर्ने निर्णय भएको अध्यक्ष ठुलो कान्छा तामांगले जानकारी दिएका छन्  ।
तपशिल :-
१. घर पुर्ण क्षति भई बसोबास गर्न बिकल्प नै नभएको घरपरिवारलाई ३ बण्डल जस्तापाता दिने ।
२. घर क्षति भएको तर बसोबासको लागि बैकल्पिक व्यवस्था भएको बिपद प्रभावित घरपरिवारलाई २ बण्डल जस्तापाता दिने ।
३. घर तथा गोठ र पहिरोमा परी मृत्युको भएको पशु चौपायाबापत देहाय अनुसारको राहतस्वरूप नगद प्रदान गर्ने ।
– भैंसी (प्रति) नगद रू. २०,०००/- बीस हजार ।
– गोरू/गाई (प्रति) नगद रू. १२,०००/- बाह्र हजार ।
– बाख्रा (प्रति) नगद रू. ८,०००/- आठ हजार ।
बाख्राको पाठापाठि (प्रति) नगद रू. २,०००/- दुई हजार राहतस्वरूप नगद प्रदान गर्ने ।

तस्बिर स्रोत: सुनापति गाउँपालीका सचिवालय

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *