असोज २० काठमाडौं ।
स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २५ राजनीतिक दलले दर्ता गराएका छन्।
असोज १० गतेदेखि १६ गतेसम्म दल दर्ताको लागि निर्वाचन आयोगले आह्वान गरेको थियो। आह्वान पश्चात २६ राजनीतिक दलले निवेदन दिएको निर्वाचन आयोगले जानकारी दिएको छ।
राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम अनुसार कानुनी प्रक्रिया पुरा भएका २५ राजनीतिक दललाई दर्ता गराइएको हो।
संविधान बमोजिम मंसिर १६ गते हुने भनिएको उपनिर्वाचनका लागि दल दर्ता गराएका हुन्।
Post Views: 105