बागलुङको धार्मिक तथा पर्यटकीय क्षेत्र सुनसान

असोज १७ काठमाडौं।
बागलुङको धार्मिक तथा पर्यटकीय क्षेत्र सुनासन बनेका छ।

बर्षको कारण ठाउँ–ठाउँमा बाढी पहिरोले सडक अवरुद्ध भए पछि दुई महिनादेखि पर्यटकीय क्षेत्र सुनसान बनेको हो।

बराह ताल, गाजाको दह, घुम्टे, बेलढुङ्गा, दिदीबहिनी झरना, सोलेडाँडा लगायत दर्जनौँ पर्यटकीय क्षेत्र सुनासन बनेका छन्। धेरै पर्यटक पुग्ने ढोरपाटन बराह मन्दिर र सिकार आरक्ष क्षेत्रमा पनि यो बेला पर्यटकको सङ्ख्यामा निकै कम भएको छ।

अहिले वर्षा नरोकिएको हुँदा सडक खुल्न सकेका छैनन् । सडक खुल्न नसक्दा घरबास (होम–स्टे) पनि सञ्चालन हुन सकेका छैनन्। भने गत वर्ष यो बेला पर्यटकीयस्थलमा चहलपहल बढ्न थालेको थियो।

यो याम ढोरपाटन घुम्नका लागि निकै उपयुक्त समय भए पनि अहिले सुनासन रहेको छ।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *