धान–चामल आयात घट्यो

असोज १६ काठमडौं ।
वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको दुई महिना यता धान–चामलको आयात घटेको छ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको तुलनामा धान र चामलको आयातमा केही कमी आएको बताएको छ। चालु आवको भदौ मसान्तसम्ममा कनिका चामलमाको आयातमा पनि कमी आएको छ।

चालु आवको भदौसम्म रु ९६ करोड ३२ लाख ५६ हजारको रु दुई करोड ६३ लाख ३४ हजार सात सय ९० किलो धान आयात भएको छ।

गत आवको सोही अवधिमा रु एक अर्ब ३१ करोड २९ लाख १० हजारको रु तीन करोड ७९ लाख ५१ हजार पाँच सय ६६ किलो धान आयात भएको थियो। गत आवको तुलनामा चालु आवको सोही अवधिमा धानको आयात ३० दशमलव ६१ प्रतिशतले घटेको छ।

चालु आवको भदौ मसान्तसम्ममा रु २२ करोड १७ लाख २८ हजारको १६ लाख ८८ हजार नौ सय किलो चामल तथा कनिका आयात भएको छ। भने चालु आवमा दुई महिनामा मकैको आयात पनि घटेको छ।

भदौ मसान्तसम्ममा ६१ करोड २४ लाख ७८ हजारको एक करोड ५० लाख ३८ हजार किलो मकै आयात भएको छ। गत आवको सोही अवधिमा रु ६७ करोड ९७ लाख ६२ हजारको एक करोड ८६ लाख ९१ हजार सात सय १४ किलो मकै आयात भएको थियो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *