नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय उडान छुटेका यात्रुलाई विविध शुल्कमा छुट दिन आग्रह

असोज १३ काठमाडौं ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसम प्रतिकूलका कारण आन्तरिक उडान नहुँदा अन्तर्राष्ट्रिय उडान छुटेका यात्ररुुहलाई विविध शुल्कमा छुट दिन विदेशी वायु सेवा कम्पनीहरूलाई आग्रह गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २७ सेप्टेम्बरदेखि २ अक्टोबरसम्मका उडानमा मिति परिवर्तन गर्दा परेको समस्यालाई समधान गर्न अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरूलाई अनुरोध गरिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणलाई आन्तरिक उडान नहुँदा अन्तर्राष्ट्रिय उडान छुटेका यात्रुलाई टिकटको मिति सार्दा शुल्क नलाग्ने व्यवस्था मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्देशन दिएको थियो।

 

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *