काठमाडौंमा श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे

असोज ८ काठमाडौं ।

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे काठमाडौं आईपुगेका छन्।

काठमाडौंस्थित श्रीलकंन दूतावास स्रोतको अनुसार भुटानबाट ड्रक एयरको जहाज मार्फत गोटाबाया राजापाक्षे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जनाएको छ।

भुटान भ्रमण सकेर राजापाक्षे नेपाल आएका हुन्। उनी व्यक्तिगत रुपमा लुम्बिनी भ्रमणका लागि नेपाल आएको स्रोतले बतायो। उनले नवलपरासीको शास्वतधामस्थित बुद्धिस्ट सेन्टरको भ्रमण गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ।

भ्रमणको व्यवस्थापन नेपालस्थित श्रीलंकाली दूतावासले गरिरहेको छ। श्रीलंकामा भर्खर मात्रा नयाँ राष्ट्रपति अनुरा कुमारा दिसानायकेले शपथ लिएका छन्।

श्रीलंकामा भएको विशाल आन्दोलनपछि दुई वर्षअघि उनी देश छाडेर भाग्नु परेको थियो। पछि उनी पुनः श्रीलंका फर्केका थिए।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *