संविधान दिवसको अवसरमा धरहरा खुला

असोज ३ काठमाडौं ।
नेपालको संविधान २०७२ सालको विनाशकारी भूकम्पमा ध्वस्त भएको घरहरा आज असोज ३ गते संविधान दिवसको दिन पारेर सर्वसाधारणका लागि खुला हुँदै छ।

धरहरा निर्माण पूर्णरूपमा नसकिए पनि आज बाट संञ्चालन हुन लगेको हो । सहरी विकास मन्त्रालयका अनुसार संविधान दिवसको अवसर पारेर धरहरा खुला गर्ने सरकारको निर्णय अनुसार नै बिहीबारदेखि सबैका लागि चढ्न मिल्ने गरी धरहरा खुला गरिएको जानकारी दिएका छन् ।

२०७८ साल वैशाख ११ मा ओली नै प्रधानमन्त्री भएको समयमा यसको उद्घाटन गरिएको थियो। सरकारले अर्को व्यवस्था नगर्दासम्म केही समय निःशुल्क रूपमा धरहरा चढ्न सकिने बताएका छन्।

धरहरा निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पाएको थियो। प्राधिकरणको अवधि सकिएपछि सहरी विकास मन्त्रालय मातहत सहरी विकास तथा भवन निर्माण विभागलाई बाँकी निर्माणको काम हस्तान्तरण गरिएको थियो।

त्यसपछि भवन विभागले नै यो आयोजना सञ्चालन गरिरहेको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *