भदौ ३० काठमाडौं ।
स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते तोक्न सरकारलाई निर्वाचन आयोगले सिफारिस गरेको छ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न आग्रह गरेका हुन्।
भेटमा प्रधानमन्त्री ओलीले प्रस्ताव अध्ययन गरी नेपाल सरकारले छिट्टै मिति तोक्ने जनाउँदै निर्वाचनलाई मितव्ययीरूपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न आग्रह गरेका थिए।
स्थानीय तहमा हालः रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी भएको हो।
Post Views: 33