घोडेपानी आउने पर्यटक सडकमै अलपत्र

भदौ १६ काठमाडौं ।
म्याग्दीको पोखरेबगर–घोडेपानी सडकमा पहिरोका कारण दुर्घटनाको जोखिम एवम् यात्रुलाई सास्ती भएको छ।

गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घार, खिबाङ, फलाते, चित्रे हुँदै पर्यटकीयस्थल घोडेपानी जोड्ने २१ किलोमिटर दूरीको पोखरेबगर–घोडेपानी सडकमा लुलिया, हल्लेखर्क र घोप्टेखर्कको पहिरोका कारण पर्यटकलाई समस्या भएको छ।

वार्षिक ३० हजारजनाको अनुपातमा विदेशी पर्यटकले भ्रमण गर्ने घोडेपानीमा सोभन्दा बढी आन्तरिक पर्यटक आउँछन्। पहाडको टाकुरामा अवस्थित घोडेपानी र नजिकैको पुनहिल सूर्योदय, हिमशृङ्खला, पहाडी भूगोल, गुराँसे जंगल, वन्यजन्तु, पक्षी, मगर संस्कृति लगायत आकर्षण रहेको छ।

‘गाडी चढेर घोडेपानी घुम्न आउने पर्यटकलाई सडकको समस्याले गर्दा ‘पर्यटकीय याम सुरु हुन लागे पनि होटलका लागि आवश्यक तरकारी, खाद्यान्न लगायत सामग्री ढुवानी गर्न पाएको होटल व्यवसायी बताउछन्।’

अन्नपूर्ण गाउँपालिकाको अनुसार पहिरोले क्षति पु¥याएको सडक मर्मतका लागि आयोजना कार्यालयमा पहल र गाउँपालिकाले खिबाङ–कुटुका–पेरीभारानी–घोडेपानी जोड्ने वैकल्पिक सडक स्तरोन्नतिको तयारी गरिहेको बताए।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *